Logo

त्रिदेशीय टी-२० क्रिकेट शृङ्खला: नेपालले यूएईलाई दियाे १ सय ६३ रनकाे लक्ष्य



काठमाडौँ, १० कार्तिक । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनल खेलमा नेपालले यूएईलाई १ सय ६३ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको हो ।

नेपालका कुशल भुर्तेलले अर्धशतक बनाए । उनी २९ बलमा ५० रन बनाएर आउट भए । यस्तै करण केसीले २३, दीपेन्द्रसिंह ऐरीले २०, कप्तान रोहित पौडेलले १८ रन जोडेका थिए ।

बलिङतर्फ यूएईका आयन अफजल खानले ३ तथा अली नसीर र जहूर खानले २-२ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्