Logo

नेपालले विश्वकप र एएफसी एसियन कप छनोटका दुवै खेल बहराइनमै खेल्ने



काठमाडौँ, २९ फागुन । नेपालले घरेलु मैदानमा बहराइनसँग खेल्ने भनेको फिफा विश्वकप र एएफसी एसियन कप छनोटका दुवै खेल बहराइनमै खेल्ने भएको छ ।

‘होम एन्ड अवे’ का आधारमा छनोट खेल हुने भए पनि त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशाला खेल खेलाउन योग्य नभएपछि दुवै खेल बहराइनमा नै हुन लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

पूर्व निर्धारित खेल तालिका अनुसार नेपाल र बहराइनबीचको पहिलो खेल दशरथ रङ्गशालामा चैत ८ गते र दोस्रो लेग चैत १३ गते हुनुपर्ने थियो । अब चैत ८ र १३ गते नै खेल बहराइन नेशनल स्टेडियममा हुनेछ ।

यसअघि एसियाली फुटबल महासङ्घका प्रतिनिधिले दशरथ रङ्गशालाको निरीक्षण गरेपछि त्यहाँ खेल हुन नसक्ने प्रतिवेदन बुझाएका थिए । बहराइन जानुअघि नेपाली टोलीले मलेसियामा अन्तिम तयारी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्