मलेसिया, २ कार्तिक । ओपनर अर्जुन कुमालको शतक प्रेरित खेलमा एसीसी अन्डर नाइन्टिन प्रिमियर कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ३ सय ४८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
मलेसियाको वाईएसडी युकेएम टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको हो ।
नेपालका लागि सर्वाधिक रन अर्जुन कुमालले बनाए । उनले १७ चौकाको मद्दतमा १११ बल खेल्दै १४२ रन बनाए । आकाश त्रिपाठी ८९ रन बनाएर आउट भएका हुन् ।
दोस्रो विकेटका लागि अर्जुन र आकाशले १ सय ८९ रनको साझेदारी गरे । ओपनर दिपक बोहोरा २९ रन बनाएर आउट हुँदा विक्रम केसी २४ रनमा नटआउट भएका थिए ।
त्यस्तै दिपकप्रसाद डुम्रेले १४ रन बनाए । दिपेश कंडेल १४ रनमा क्रिजमा रहे । कप्तान देव खनाल शून्य रनमा आउट भए । यस्तै मिलन बोहोरा ९ रन बनाएर पेभिलिएन फर्किए । नेपालले २६ रन अतिरिक्त पाएको थियो ।
साउदीका बलर मोहम्मद अहमद राजा र मोहम्मद गयुर अहमदले समान दुई-दुई विकेट लिए । अब्दुल सिराज, जुहेर मोहम्मद र साजिब मुजिबुर रहमानो नाममा एक-एक विकेट रह्यो ।