Logo

नेपालले साउदी अरेबियालाई हरायो



काठमाडौं, २३ साउन । एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियालाई पराजित गरेको छ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा नेपालले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै नेपालले साउदी अरेबियालाई १-० गोलअन्तरले हराएको हो। खेलको ९० औँ मिनेटमा नेपालकी शुक्रिया मियाँले निर्णायक गोल गर्दै नेपाललाई जित दिलाइन्।

नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो। बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ। प्रतियोगिताको हरेक समूहबाट समूह विजेता एसियन कपमा छनोट हुनेछन्।

प्रतिक्रिया दिनुहोस्