Logo

नेपालले हङकङलाई दियाे २ सय १४ रनकाे लक्ष्य



काठमाडौँ, ४ कार्तिक । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले हङकङलाई २ सय १४ रनको लक्ष्य दिएको छ ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनाएको हो ।

नेपालका कुशल मल्लले सर्वाधिक ९२ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले ५७ रन बनाए । बलिङतर्फ हङकङका हरुन अरशद र मोहम्मद घजनफरले २-२ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्