Logo

नेपालसँग केन्या पराजित



केन्या, ९ भदौ । केन्यासँगको पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल पाँच विकेटले विजयी भएको छ ।

नैरोबीको जिमखाना मैदानमा केन्याले दिएको एक सय ३१ रनको लक्ष्य नेपालले चार बल बाँकी छँदै पाँच विकेट गुमाएर भेटायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्ले २३, आशिफ शेखले १९, रोहित पौडेलले १२ र पवन सर्राफले एक रन बनाए । आरिफ शेख २० र आदिल अन्सारी दुई रनमा नटआउट रहे । बलिङतर्फ केन्याका लुकास ओलाउच र विराज पटेलले दुई-दुई विकेट लिएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा आठ विकेट गुमाएर एक सय ३० रन बनायो । उसका लागि इरफान करिमले ३४ र लुकाउ ओलाउचले १२ बलमा नटआउट ३० रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामीले तीन, सन्दीप लामिछानेले दुई तथा अदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्