Logo

नेपालसँग केन्या पराजित, आसिफले बनाए शतक



केन्या, १७ भदौ । केन्यासँगको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल सात विकेटले विजयी भएको छ ।

केन्याले दिएको दुई सय १९ रनको लक्ष्य नेपालले ४७ ओभर ३ बलमा भेटायो ।

नेपालको जितमा ओपनर ब्याटर आसिफ शेखले शतक बनाए, उनी एक सय आठ रनमा आउट भए । यस्तै अर्का ओपनर ब्याटर अर्जुन साउदले ६१ र ज्ञानेन्द्र मल्लले २३ रन बनाएका थिए ।

यसअघि नैरोबीमा टस जितेर पहिले ब्याटिङ गरेको केन्या ४८ ओभर १ बलमा दुई सय १८ रनमा अलआउट भयो । केन्याका लागि रकिप पटेलले सर्वाधिक ६७ रन र कोलिन्स ओबुयाले ६२ रन बनाए ।

यसैगरी इरफान करिमले ३० र सचिन भुडियाले २६ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र करण केसीले तीनरतीन विकेट लिँदा आदिल अन्सारी र पवन सरार्फले एक-एक विकेट लिएका थिए ।

जितसँगै नेपालले तीन एकदिवसीय अभ्यास खेलमा एक-शून्यको अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्