केन्या, १२ भदौ । केन्यासँगको तेस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल चार विकेटले विजयी भएको छ ।
नैरोबीको जिमखाना मैदानमा केन्याले दिएको एक सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ४६, अर्जुन साउदले ३५, रोहित पौडेलले २९, पवन सरार्फले २० र आदिल अन्सारीले १६ रन बनाएका थिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले २० ओभरमा मात्रै दुई विकेट गुमाएर एक सय ५६ रन बनायो । उसका लागि रकेप पटेलले नटआउट ४३ बलमा ७३ र इरफान करिमले ४७ बलमा ५५ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल अन्सारीले एक-एक विकेट लिए ।
यो जितसँगै पाँच खेलको शृङ्खलामा नेपालले दुई-एकको अग्रता लिएको छ ।