काठमाडौँ, ५ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेल जित्न नेपालले १३८ रनको लक्ष्य पाएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रनमा अल आउट भएको हो ।
नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सबैभन्दा धेरै ३३ रन बनाए । यस्तै बास दी लिडेले २७, सायब्रान्ड एङ्गलब्रेचले २३ रन बनाएका थिए ।
नेदरल्याण्ड्सलाई अल आउट गर्ने क्रममा कुशल भुर्तेलले चार तथा ललित राजवंशीले दुई विकेट लिए भने सोमपाल कामी र रोहितकुमार पौडेलले समान एक विकेट लिएका थिए ।