Logo

नेपालसँग स्कटल्याण्ड पराजित



काठमाडौँ, ३० असार । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको हो । नेपालले स्कटल्याण्डलाई पहिलो पटक हराएको हो ।

स्कटल्याण्डको ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो । स्कटल्याण्डले ब्याटिङ गर्ने क्रममा ४२ दशमव पाँच ओभरमा सबै विकेट गुमाउँदै १४४ रन बनायो । एक सय ४५ रनको विजयी लक्ष्य नेपालले २५ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर भेट्टायो । नेपालको जीतमा आसिफ शेखको ७१ रन सामेल थियो ।

यस्तै कुशल भुर्तेलले २७ रन, देव खनालले चार, दीपेन्द्रसिंह ऐरीले तीन तथा आरिफ शेखले एक रन बनाए । रोहितकुमार पौडेल ३४ रनमा अविजित रहेका थिए ।

बलिङतर्फ स्कटल्याण्डका गाभिन मेनले तीन तथा एड्रिन निल र रिची बेरिङटनले एक÷एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गर्ने क्रममा स्कटल्याण्डका लागि गाभिन मेनले अविजित ६४ रन बनाए । मार्क वाटले १७, साफ्यान शारिफले १६ र कलुम म्याकलोडले १३ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका सोमपाल कामी र मोहमद आदील आलमले तीन-तीन, कप्तान सन्दीप लामिछानेले दुई तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्