जनकपुर, ६ पुस । नेपाली काँग्रेस मधेसको प्रथम सम्मेलनको बन्दसत्र शुक्रबार बिहान ८ बजेबाट जनकपुरको महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा सुरु भएको छ ।
प्रदेश सभापति कृष्णप्रसाद यादवको सभापतिमा सुरु भएको बन्दसत्रमा महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठ सांगठनिक र राजनीतिक पेस गरेका छन् ।
यस्तै आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रदीप यादवले पेस गरेका छन् । बन्दसत्रमा मधेस प्रदेशका ८ जिल्लाबाट ८ सय २५ सहभागी रहेको प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले बताए ।







