झापा, १२ मंसिर । नेपाली काँग्रेसका संस्थापक नेता विपी कोइरालाको नाममा खुलेको नेपाली काँग्रेस (विपी)ले झापामा प्रतिनिधिसभा र समानुपातिक निर्वाचनमा एक हजार मत कटाएको छ ।
विपी काँग्रेसका प्रतिनिधिसभाका ४ जना उम्मेदवारले कुल ५८२ मत प्राप्त गरेका छन् भने समानुपातिकमा ४२१ मत प्राप्त भएको छ । विपी काँग्रेस करुवा चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएको थियो ।
नेपाली काँग्रेसका उम्मेदवार भएका क्षेत्रमा विपी काँग्रेसका उम्मेदवारले सय मत पनि कटाउन सकेका छैनन् । काँग्रेसको उम्मेदवार नभएको झापामा दिएका उम्मेदवार मध्ये क्षेत्र नम्बर २ मा नारायणबाहदुर भारतीले ४४६ मत प्राप्त गरेका छन् ।
यसैगरी क्षेत्र नम्बर ३ का उम्मेदवार भक्तिप्रसाद पनेरुले ५९ मत प्राप्त गरेका छन् भने क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका शेखरनाथ सेडाईले ५१ मत प्राप्त गरेका छन् ।
झापा क्षेत्र नं. २ का दुई र क्षेत्र नं. ३ का एक प्रदेशसभा सदस्यमा पनि उम्मेदवारी दिएको थियो । प्रदेशमा पनि विपी काँग्रेसप्रति आकर्षण देखिन । विपी काँग्रेसले गएको स्थानीय निर्वाचनमा पहिलो पटक सहभागी भएको थियो । ं