काठमाडौँ, १९ पुस । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो २०२४ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।
तालिका अनुसार नेपालले आइसिसी विश्वकप लिग २, टि२० आई सिरिज र ओडिआई सिरिजहरु छन् । सिरिजमा नेपालसँगै महिला क्रिकेट, उमेर समूह र प्रथम श्रेणी जस्ता अन्तर्राष्ट्रिय खेलहरु खेल्नेछन् ।
नेपालले फेब्रुअरी १० देखी १४ सम्म क्यानडासँग तीन खेलको ओडिआई सिरिज खेल्नेछ । त्यस्तै नेपालले २७ फेब्रुअरी ५ मार्च सम्म नामिबिया, नेदरल्यान्ड्स र नेपालबीच टियुमा त्रिकोणात्मक टि२० आई सिरिज हुनेछ । १९ मार्च देखी ३० अप्रिल सम्म नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग ५ एकदिवसीय र तीन टि२० खेल खेल्ने छ ।
नेपालको २०२४ को वार्षिक क्यालेन्डर यस प्रकार छ ।