कैलाली, २२ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताको आशाको केन्द्र एमाले नै भएको दाबी गरेका छन् ।
कैलालीको बर्दगोरियामा बिहीवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको विजयलाई कसैले रोक्न नसक्ने जिकिर गरेका छन् ।
विकास र समृद्धिका कुरामा बढी समय खर्चएका ओलीले कैलालीका १३ पालिकामा एमालेले विजय प्राप्त गर्नेमा ढुक्क भएको पनि बताए । आफूहरूप्रति विभिन्न कोणबाट आक्रमण भइरहेको तर त्यस्ता आक्रमणको विद्रोह भइरहेका कारण देशमा अबको आवश्यकता एमाले भएको प्रस्ट भइसकेको ओलीले दाबी गरेका छन् ।