Logo

नेपाली महिलाको योगदानका कारण परिवर्तन सम्भव: प्रधानमन्त्री



काठमाडौँ, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाहरूले क्रान्तिकारी आन्दोलनमा अभूतपूर्व कीर्तिमानसहितको योगदान नगरेको भए देश परिवर्तनको यो उचाइमा पुग्न सम्भव नहुने बताएका छन् ।

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को केन्द्रीय समितिद्वारा पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आयोजित राष्ट्रिय परिषद्को प्रथम बैठक एवं विधान सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले जनयुद्ध र जनआन्दोलनमा महिलाको भूमिका प्रमुख रहेको बताए ।

प्रधानमन्त्री दाहालले नेपाली महिलाको उल्लेखनीय सहभागितामा भएको जनक्रान्तिको बलमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनतालाई थप अधिकार सम्पन्न गराउन क्रान्तिकारी महिला एकताबद्ध हुनुपर्ने बताएका हुन् ।

उनले देशमा ठूलो राजनीतिक परिवर्तनका वाहक नेपाली श्रमजीवी महिला रहेको बताउँदै माओवादी क्रान्तिकारीहरू एकताबद्ध भएर अघि बढ्न सक्दा फेरि २०६४ सालकै अवस्थामा पुग्न सक्ने स्पष्ट पारेका थिए । अहिले गणतन्त्रविरुद्ध षडयन्त्र भइरहेकाले प्रतिगामीविरुद्ध परिवर्तनकामीहरू एकजुट हुनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्