Logo

नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त



काठमाडौँ, २ साउन । नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

नेपाल भलिबल सङ्घले विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी श्रेष्ठलाई राष्ट्रिय टोलीको नयाँ कप्तानका रुपमा नियुक्त गरेको हो । गएको महिना नियुक्त भएका हरिहजुर थापालाई कप्तानबाट हटाएर श्रेष्ठलाई नियुक्त गरिएको हो ।

सातौँ एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलमा अनुशासनको पालना नगरेको आरोपमा थापालाई कप्तानबाट हटाइएको थियो । एसियन गेम्समा श्रेष्ठको कप्तानीमा नेपालले प्रतियोगिता खेल्नेछ । सन् २०१८ मा इन्डोनेसियामा खेल्दा श्रेष्ठ टोलीका सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्