Logo

नेपाली सभ्यताकाे पुनर्जागरण आवश्यक: राष्ट्रपति



दाङ, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको उद्घाटन गरेकी छन् ।

बुधवार एक औपचारिक समारोहमा राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षक भवनको उद्घाटन गरेकी हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले समुन्नत नेपाल निर्माणका लागि नेपाली सभ्यताको पुनर्जागरण आवश्यक भएको बताइन् । उनले नेपाल सांस्कृतिक, नैतिक र सभ्यता पुनर्निर्माणको सङ्घारमा उभिएको भन्दै यसलाई राष्ट्रले ठूलो जिम्मेवारीका रूपमा लिनुपर्ने बताइन् ।

‘हामीहरूले अब स्वाभिमान र सम्मान खोज्नुपर्छ, यसका लागि सांस्कृतिक, नैतिक र सभ्यताको संस्कारलाई विकास गर्न जरुरी छ’, उनले भन्नि, ‘मैले यसलाई नेपाली सभ्यताको पुनर्जागरणको नाम दिएकी छु ।’

राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रियस्तरमा यो अभियानलाई प्राज्ञिक तथा विश्वविद्यालयहरूले जिम्मेवारी लिएर उचाइमा पुर्‍याएको इतिहास रहेको भन्दै नेपाली सभ्यताको पुनर्जागरणको अभियानको नेतृत्व नेपाल संस्कृत विश्वविद्यालयले लिनुपर्ने सुझाव दिइन् ।

प्रतिक्रिया दिनुहोस्