काठमाडौँ, २८ असोज । नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सन नेपाल आइपुगेका छन् ।
अघिल्ला राजदूत र्याण्डी बेरी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि थम्प्सन बिहीबार परिवारसहित नेपाल आइपुगेका हुन् ।
उनले केही दिन परिवारसहित नेपालस्थित अमेरिकी मिसन परिवारसँग भेटघाट गर्नमा बिताउने छन् । नयाँ वातावरणमा अभ्यस्त भइसकेपछि केही दिनमा नेपाल सरकारसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने अमेरिकी दूतावासले जनाएको छ ।







