Logo

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा



काठमाडौँ, १६ वैशाख । नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ ।

त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा आज कुवेतसँगको खेल वर्षाले रद्द भए पनि नेपाल फाइनलमा पुगेको हो ।

नेपालले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभर ३ बलको खेल सकिँदा ६ विकेट गुमाएर ३७ रन बनाएको अवस्थामा पानी परेपछि खेल रद्द हुँदा नेपाल विजयी भएको हो । नेपालका करण केसीले पाँच विकेट लिएका छन् । करणले ४ ओभर ३ बलमा १० रन दिएर पाँच विकेट लिएका हुन् ।

यसअघि त्रिवी क्रिकेट मैदानमा पानी परेर ४२ ओभरमा झारिएको खेलमा नेपालले ९ विकेट गुमाएर २ सय ८० रन बनायो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ९४ रन बनाएका थिए ।

यस्तै कुशल मल्लले ५७, कुशल भुर्तेलले ४३, आशिफ शेखले ३१, आरिफ शेखले १९ र सोमपाल कामीले १२ बनाएका थिए । कुवेतका मोहम्मद अस्लाम र अदान इद्रिसले २-२ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्