काठमाडौँ, १७ चैत । नेपाल`ए´ले दोस्रो टी-२० अभ्यास खेलमा आयरल्यान्ड`ए´विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।
त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर हेमन्त धामी र विकेटकिपर अर्जुन घर्ती आजको खेलमा बेन्चमा छन् । स्पिन अलराउन्डर विपिन खत्री र पवन सरार्पा आजको खेलको प्लेइङ ११ मा छन् ।
नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । त्यसैले तीन खेलको सिरिजमा नेपाल १-० ले पछि छ । सिरिज जित्ने सम्भावना कायमै राख्न आजको खेल जित्नुपर्ने हुन्छ ।