Logo

नेपाल कुवेतसँग पराजित



भारत, ६ असार । साफ च्याम्पियनशिप २०२३ अन्तर्गत पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको छ ।

भारतको बेङ्गलोरमा रहेको कन्तिराभा रङ्गशालामा आज भएको खेलमा नेपाल कुवेतसँग ३-१ गोलले पराजित भएको हो ।

पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा थप एक गोल खायो । कुवेतका लागि कप्तान खालेद हजियाले खेलको २३ औँ, शाइबाइबा अल्खाल्दीले ४१ औँ र मोहम्मद अब्दुल्लाहले ६५ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने नेपालका लागि अञ्जन विष्टले ६८ औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए ।

प्रतिक्रिया दिनुहोस्