Logo

नेपाल चाँडै बलियाे अर्थतन्त्र भएकाे देश बन्छ: कार्की



हेटौँडा, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल चाँडै दक्षिण एसियामा बलियो अर्थतन्त्र भएको देशको रूपमा परिणत हुने उद्घोष गरेका छन् ।

शुक्रवार हेटौँडामा नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री कार्कीले यस्तो दाबी गरेका हुन् । उनले नेपालको अर्थतन्त्रमा केही समस्या रहे पनि श्रीलङ्का पथमा नरहेको बताए ।

उनले भने, ‘अहिले देशमा हरेक चोक-चोकमा नेपाल श्रीलङ्काको बाटोतर्फ गइरहेको छ भनेर अफवाह फैलाइएको छ । नेपाल चाँडै नै दक्षिण एसियामा सबल अर्थतन्त्र भएको देशको रूपमा स्थापित हुनेछ । अब चाँडै सङ्घ र प्रदेशको चुनाव आउँदैछ, यसबाट हामीले १० वर्षमा नेपाललाई सबल अर्थतन्त्र भएको देशको रूपमा परिणत गर्ने गरेर जानुपर्छ ।’

सञ्चारमन्त्री कार्कीले एमसीसी पास गरेपछि नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव परिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्