बुटवल, २ पुस । नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल विजयी भएका छन् ।
बुटवलमा सम्पन्न ५० औं महाधिवेशनबाट पोखरेल सन् २०२४ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
पोखरेलले ५१० मत पाउँदा निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत पाइन् । ८४ मतान्तरले विजयी बनेका पोखरेलले तीनजना प्रतिस्पर्धी रजनी थापा, विजय गुरुङ र रश्मी शिल्पकारलाइ पराजित गरेका हुन् । उनी नुवाकोट जेसीजका पूर्व अध्यक्ष हुन् भने अघिल्लो पटक राष्ट्रिय अध्यक्ष पदमा पराजित भएका थिए ।
त्यस्तै कार्यकारिणी उपाध्यक्षमा अनुप सुनुवार, राजाराम गौतम, भीमबहादुर कुँवर, सिनेटर सन्दीप अग्रहरी विजयी भएका छन् ।
त्यसैगरी महासचिव सरोज अधिकारी, कानुनी सल्लाहकारमा नरेश चन्द्र ओझा, कोषाध्यक्षमा खेमराज थापा मनोनित भए भने उपाध्यक्षमा अमर घिमिरे, सौरव श्रेष्ठ, राजन शर्मा पौडेल, सीताकुमारी भण्डारी, एलिना महर्जन, बहादुर तामाङ, स्वपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नवराज उपाध्याय, गणेश सापकोटा, अचुत उप्रेती ‘आयुष’ निर्वाचित भएका हुन् ।
नेपाल जेसीजको २१ सदस्यीय कार्यसमितिमा एक अध्यक्ष, चार कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुन्छन् भने निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।






