केन्या, १० भदौ । केन्यासँगको दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर बलिङ गरिरहेको छ । नैरोबीमा टस जितेर नेपालले पहिला बलिङ रोजेको हो ।
आजको खेलमा नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, करण केसी, आदिल अन्सारी, बसिर अहमद, पवन सरार्फ र सोमपाल कामी रहेका छन् ।
नेपाल र केन्याले पाँच खेलको टी-२० र तीन खेलको एकदिवसीय क्रिकेट खेल्न लागेका हुन् । यसअघि बिहीवार भएको खेलमा नेपाल पाँच विकेटले विजयी भएको थियो ।