Logo

नेपाल टी-२० क्रिकेट लिग: जनकपुर रोयल्ससँग पोखरा एभेन्जर्स पराजित



काठमाडौँ, २१ पुस । नेपाल टी-२० क्रिकेट लिगमा जनकपुर रोयल्सले पोखरा एभेन्जर्सलाई हराएको छ ।

कीर्तिपुर मैदानमा आज भएको पहिलो खेलमा जनकपुरले पोखरालाई ६ विकेटले पराजित गरेको हो ।

पोखराले दिएको ६९ रनको लक्ष्य जनकपुरले ९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । जनकपुरका सरफुदिन असरफ ३७ तथा कप्तान ट्राभोन ग्रिफिथले १७ रन बनाए । पोखराका कुशल मल्लले ३ तथा असिथा फर्नान्डोले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पोखरा १२ ओभरमा ६८ रनमा समेटियो । पोखराका सिद्धान्त लोहनीले १७ तथा आसिफ शेख र कुशल मल्लले समान १६ रन बनाए । पोखराका अन्य खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन् । जनकपुरका सोमपाल कामीले ३ तथा सरफुदिन असरफ र ललित नारायण राजवंशीले समान २ विकेट लिएका थिए ।

९ खेलमा १२ अङ्कसहित जनकपुर तालिकाको दोस्रो स्थानमा छ । समान खेलमा ६ अङ्कसहित पोखरा पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्