Logo

नेपाल टी-२० क्रिकेट लिग: पहिलो क्वालिफायरमा लुम्बिनी र जनकपुर खेल्दै



काठमाडौँ, २४ पुस । नेपाल टी-२० क्रिकेट लिगमा आजदेखि प्लेअफको खेल सुरु हुँदैछ ।

प्लेअफको पहिलो दिन आज पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार र जनकपुर रोयल्स खेल्दैछन् ।

खेल कीर्तिपुर मैदानमा दिउँसो साढे १२ बजेदेखि सुरु हुनेछ । लुम्बिनी अंकतालिकाको शीर्ष र जनकपुर दोस्रो स्थानमा छ।

लुम्बिनीको १० खेलमा १६ अंक र समान खेलमा जनकपुरको १४ अंक छ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले भोलि हुने इलिमेटर खेलको विजेतासँग फाइनलमा पुग्न खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्