Logo

नेपाल टी-२०: फार वेस्टर्नलाई हराउँदै लुम्बिनी विजयी



काठमाडौँ, ९ पुस । लुम्बिनी अल स्टारले नेपाल टी-ट्वान्टी लिगमा विजयी सुरुआत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा फार वेस्टर्न युनाईटेडलाई ६७ रनले हराउँदै लुम्बिनीले विजयी सुरुआत गरेको हो ।

लुम्बिनीले दिएको १ सय ५३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको फार वेस्टर्नले १६ ओभर २ बलमा अलआउट हुँदै ८५ रन मात्र बनाउन सक्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।

लुम्बिनीका लागि लाहिरु मिलान्थाले ५० बलमा ६० रनको अर्धशतकिय ईनिङ खेले । कप्तान दीपेन्द्र सिंह ऐरी ३५ तथा गुलसन झा २५ रनमा आउट भए । फार वेस्टर्नका लागि उमर अलि र करन केसीले समान ३-३ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्