Logo

नेपाल टी-२० लिग: काठमाडौँ नाइट्ससँग विराटनगर सुपर किङ्ग्स पराजित



काठमाडौँ, १९ पुस । नेपाल प्रिमियर लिग टी-२० क्रिकेटअन्तर्गत मङ्गलवार भएको पहिलो खेलमा काठमाडौँ नाइट्सले विराटनगर सुपर किङ्ग्सलाई ३४ रनले हराएको छ ।

काठमाडौँले दिएको ९३ रनको लक्ष्य पछ्याएको विराटनगर ८ ओभर ५ बलमा ५८ रनमै अलआउट भयो । विराटनगरका लागि गौरन्शु शर्माले सर्वाधिक २२ रन बनाए । काठमाडौँका कमलसिंह ऐरीले तीन तथा अनिल खरेल र सुनम गौतमले दुई-दुई विकेट लिएका थिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौँले ९ ओभरमा पाँच विकेट गुमाएर ९२ रन बनाएको थियो । काठमाडौँका लागि सन्दीप रजालीले नटआउट ३२ रन बनाए । विराटनगरका नन्दन यादवले तीन विकेट लिएका थिए ।

योसँगै जितसँगै काठमाडौँ सात खेलमा आठ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । विराटनगर चार अङ्कसहित पाँचौँ स्थानमा छ ।

यसअघि विवादका कारण बिहान खेलाडीको टस गर्न नमानेपछि ढिलो गरी सुरु भएको खेल ९ ओभरमा झारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्