Logo

नेपाल टी-२० लिग: जनकपुर रोयल्ससँग फार वेस्ट युनाइटेड पराजित



काठमाडौँ, १८ पुस । नेपाल प्रिमियर लिग टी-२० क्रिकेटअन्तर्गत सोमवार भएको दोस्रो खेलमा जनकपुर रोयल्सले फार वेस्ट युनाइटेडलाई ८२ रनले हराएको छ ।

जनकपुरले दिएको एक सय ६२ रनको लक्ष्य पछ्याएको फार वेस्ट १५ ओभर १ बलमा ७९ रन बनाउँदा अलआउट भयो । उसका लागि हशमतुल्लाह शाहिदीले सर्वाधिक ३२ रन बनाए । बलिङतर्फ जनकपुरका समिउल्लाह शिनवारीले तीन तथा सोमपाल कामी र पवन सर्राफले दुई-दुई विकेट लिएका थिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६१ रन बनायो । जनकपुरका लागि सन्दीप जोराले सर्वाधिक ५५ रन बनाए । बलिङतर्फ फार वेस्टका प्रकाश जैसीले तीन र भुवन कार्कीले दुई विकेट लिएका थिए ।

जनकपुर सात खेलमा पाँच खेल जित्दै १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । एक खेल कम खेलेको फार वेस्टले एक खेल जित्दा दुई अङ्कसहित पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्