Logo

नेपाल टी-२० लिग फेरि सर्‍याे



काठमाडौँ, ७ पुस । नेपाल क्रिकेट सङ्घ (क्यान) ले गर्ने नेपाल टी-२० क्रिकेट लिग प्रतियोगिता फेरि सरेको छ ।

यसअघि दुई पटकसम्म सरेको लिग शुक्रवारदेखि सुरु गर्ने तयारी थियो । तर श्रम स्वीकृतिका कारण केही विदेशी खेलाडी अझै आउन नसकेको र अन्य तयारी पूरा नभएको भन्दै प्रतियोगिता सरेको क्यानले जनाएको छ ।

अब शनिवारदेखि प्रतियोगिता सुरु हुने क्यानले जनाएको छ ।

केही विदेशी खेलाडी भने नेपाल आइसकेका छन् । प्रतियोगिताका लागि क्यानले सेभेन थ्री स्पोर्ट्स कम्पनीसँग सम्झौता गरेको थियो । क्यानले आठ वर्षका लागि नेपाल प्रिमियर लिगको आयोजना अधिकार सेभेन थ्री स्पोर्टस् कम्पनीलाई दिएर ३३ करोड रुपैयाँ लिने सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्