Logo

नेपाल टी-२० लिग: विराटनगरकाे पहिलाे जित, पाेखराकाे चाैथाै हार



काठमाडौँ, १३ पुस । नेपाल टी-२० लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई छ विकेटले हराएको छ ।

त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको एक सय ४० रनको लक्ष्य विराटनगरले १७ ओभर ५ बलमा चार विकेट गुमाएर भेटायो ।

विराटनगरका लागि हुसैन तलातले नटआउट ५० रन र अर्जुन साउदले २५ रन बनाए । बलिङतर्फ पोखराका कुशल मल्ल र शरद भेषवाकरले दुई-दुई विकेट लिएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको पोखराले निर्धारित १९ ओभरमा सात विकेट गुमाएर एक सय ३९ रन बनायो । पोखराका लागि कुशल मल्लले १८ बलमा ३७ रन र सिद्धान्त लोहनीले २६ रन बनाए । बलिङतर्फ पोखराका हुसैन तलाल र राज ननानले दुई-दुई विकेट लिएका थिए ।

आजको जितसँगै विराटनगर दुई अङ्कसहित तालिकाको चौथो स्थानमा पुगेको छ । लगातार चार खेल हारेको पोखरा तालिकाको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्