काठमाडौँ, २५ पुस । विराटनगर सुपर किङ्ग्स नेपाल टी-२० क्रिकेट लिगको दोस्रो क्वालिफायरमा पुगेको छ ।
त्रिवि क्रिकेट मैदानमा सोमवार भएको खेलमा काठमाडौँ नाइट्सलाई ९९ रनले हराउँदै विराटनगर क्वालिफायरमा पुगेको हो ।
विराटनगरले दिएको एक सय ८३ रनको लक्ष्य पछ्याएको काठमाडौँ १२ ओभर ४ बलमा ८३ रन बनाउँदा अलआउट भयो । काठमाडौँका लागि अविनाश बोहराले सर्वाधिक १६ रन बनाए । विराटनगरका सूर्य तामाङले चार तथा शहाब आलम र किओन जोसेफले दुई-दुई विकेट लिएका थिए ।
यसअघि पहिले ब्याटिङ गरेको विराटनगरका लागि कप्तान रोहित पौडेलले ६१ र विवेक यादवले १८ बलमा ४६ रन बनाए । काठमाडौँका अनिल खरेल र कमलसिंह ऐरीले दुईरदुई तथा अभिनाश बोहरा, गौतम केसीले एक-एक विकेट लिएका थिए ।
विराटनगरले अब फाइनल प्रवेशका लागि मङ्गलवार जनकपुर रोयल्ससँग खेल्नेछ । यसअघि पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई छ रनले पराजित गर्दै लुम्बिनी फाइनलमा प्रवेश गरिसकेको छ ।