Logo

नेपाल थाइल्यान्डसँग पराजित



भियतनाम, १९ असोज । एएफसी १७ वर्षमुनिको एसियन कप छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ ।

भियतनामको फु थो मैदानमा नेपाल थाइल्यान्डसँग तीन-शून्य गोलले पराजित भएको हो । नेपालले पहिलो हाफमा एक गोल र दोस्रो हाफमा दुई खोल खाएको हो ।

छनोटमा नेपाल समूह ‘फ’ मा रहेको छ । यो समूहमा नेपालसँगै थाइल्यान्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्