Logo

नेपाल दशनामी समाज बिर्तामोडको अध्यक्षमा खड्गराज गिरी सर्वसम्मत



झापा ६ जेठ । नेपाल दशनामी समाज बिर्तामोड नगर समिति को अध्यक्षमा खड्गराज गिरी सर्वसम्मत चयन हुनुभएको छ ।

झापाको बिर्तामोडमा आइतवार भएको नगरको बिशेष चौथो नगर अधिबेशनबाट गिरी अध्यक्षमा चयन हुनुभएको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा खेमराज गिरी, उपाध्यक्षमा सम्झना पुरी (गिरी), सचिवमा धनबहादुर पुरी (प्रजित), सह–सचिवमा बिनोद गिरी (बद्री) र कोषाध्यक्षमा बिदुर गिरी सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै समितिको सदस्यमा रणबहादुर गिरी, पदुमादेबी पुरी (पुनम), विश्वनाथ बन, हरि गिरी पनि सर्वसम्मत चयन हुनुभएको छ ।

कार्यक्रमकामा अक्षयकोष सञ्चालन तथा ब्यवस्थापन समितिसमेत सार्वजनिक गरिएको छ । नेपाल दशनामी समाजका कोशी प्रदेश सह–सचिव तथा बिर्तामोड नगर सल्लाहकार उमेश भारतीले नगर समिति र अक्षयकोष सञ्चालन तथा ब्यवस्थापन समितिको घोषणा गर्नुभचएको थियो । समितिको संयोजकमा अर्जुन गिरी, सदस्यमा नरनाथ गिरी, खड्गराज गिरी, सम्झना पुरी (गिरी), र बिदुर गिरी रहनुभएको छ ।

सोही कार्यक्रमकाबिच समाजका कोशी प्रदेश सह–सचिव तथा नगर सल्लाहकार उमेश भारतीले नगर समितिलाई हरेक कुरामा समन्वयको भुमिका खेल्दै सहयोग गरेको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको थियो । त्यस्तै नगर समितिका लागि फनिचर खरिद गरी सहयोग गर्ने खड्गराज गिरी र धनबहादुर पुरी (प्रजित) लाई पनि सम्मान गरेको थियो । त्यस्तै नगर समितिको कार्यक्रममा फर्निचर सहयोग गर्ने बिर्तामोड अनलाइन सोफाका सञ्चालक खड्क थापाललाईसमेत सम्मान गरिएको थियो ।

समाजका बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रिय अध्यक्ष गोबिन्दबिक्रम गिरीको प्रमुख आतिथ्य रहेको थियो । नव निर्वाचित नगर समितिलाई प्रमुख अतिथि गोबिन्दबिक्रम गिरीले सपथ ग्रहण गराउनुभएको थियो । स्वागत नगर समिति सदस्य खेमराज गिरीले गरेको कार्यक्रममा प्रमुख अतिथि गिरी, बिशिष्ठ अतिथि समाजका कोशी प्रदेश सह–सचिव उमेश भारतीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन नगर सचिव उद्धव पुरीले गनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्