काठमाडौँ, २६ भदौ । “स्थानीय सेवा स्थानीय सरकार, सुशासनका लागि ट्रेड यूनियन अधिकार” भन्ने मूल नाराका साथ नेपालभरका नगरपालिकाहरुमा कार्यरत कर्मचारीहरुको स्वतन्त्र, साझा पेशागत संस्था नेपाल नगरपालिका कर्मचारी एशोसिएशनको छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।
उक्त महाधिवेशन आयोजक समितीका संयोजक राजकुमार थापाको अध्यक्षतामा सम्पन्न महाधिवेशनको उद्घाटन प्रमुख अतिथि नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्यन्जुले गरेका थिए ।
उद्घाटन समारोहमा विशिष्ट अतिथि संगठन पुर्व अध्यक्ष इन्द्रप्रसाद अधिकारी, पुर्व संयोजक श्रीराम आचार्य, पुर्व उपाध्यक्ष रुपेश बोडे श्रेष्ठ तथा सल्लाहकार त्रिलोचन पौडेल लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन संगठनका केन्द्रीय सदस्य सोहन थापाले गरेका थिए ।
उक्त महाधिवेशनले डम्बर रोगुको अध्यक्षतामा केन्द्रीय समिति चयन गरेको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा बद्रीमान नगरकोटी, महिला उपाध्यक्षमा जमुना कुमारी भुजेल तथा महासचिव सितु प्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । संगठनको कोषाध्यक्षमा सानुमैया डंगोल, उप महासचिवमा चित्रबहादुर विश्वकर्मा तथा सह कोषाध्यक्षमा खगेन्द्रप्रसाद खतिवडा निर्वाचित भएका छन् ।
त्यसैगरी १ नं प्रदेश अध्यक्षमा त्रिलोचन पौडेल, मदेश प्रदेश अध्यक्षमा अजय कुमार शर्मा, वागमती प्रदेश अध्यक्षमा निरन श्रेष्ठ, गण्डकी प्रदेश अध्यक्षमा अरुण पौडेल, लुम्विनी प्रदेश अध्यक्षमा राजन कुमार केसी तथा सुदुरपश्चिम प्रदेश अध्यक्षमा लालमन तामाङ सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै केन्द्रिय सदस्यहरुमा निर्मला बस्नेत, निरन्जनकुमार क्षत्री, ज्ञानप्रसाद अर्याल, ठगिश्वर पोखरेल मधुसुधन घर्ती, बद्रीप्रसाद रिमाल, संजयकुमार ढुंगाना,सञ्जिवकुमार सिंह, भिमबहादुर विश्वकर्मा, शुशिल कर्ण, अमर राय, ओमनाथ ढकाल, पदमराज श्रेष्ठ रहेका छन् ।






