Logo

नेपाल नगरपालिका सङ्घको अध्यक्षमा ढुङ्गाना



काठमाडौँ, ७ पुस । देशभरिका २ सय ९३ नगरपालिकाको साझा सङ्घ नेपाल नगरपालिका सङ्घको अध्यक्षमा भीम ढुङ्गाना चयन भएका छन् ।

काठमाडौँमा भएको आठौँ महाधिवेशनले धादिङको नीलकण्ठ नगरपालिका मेयर ढुङ्गानाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा कृष्णप्रसाद सापकोटा, महासचिवमा नरुलाल चौधरी, उपमहासचिवमा सुनिता डङ्गोल, कोषाध्यक्षमा विमला राई र सहकोषाध्यक्षमा मीनाकुमारी लामा रहेका छन् । नयाँ कार्यसमितिको कार्यकाल ५ वर्षको हुनेछ ।

काठमाडौँमा सम्पन्न आठौँ राष्ट्रिय अधिवेशनले २५ बुँदे घोषणापत्र समेत जारी गरेको छ । नगरपालिका सङ्घले पालिकाको २२ वटा एकल अधिकार सूची उपभोग सुनिश्चित गर्न सङ्घ र प्रदेश सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्