फिलिपिन्स, ३२ जेठ । नेपाल फिलिपिन्सँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पराजित भएको छ ।
बिहीवार फिलिपिन्सको रिजल मेमोरियल मैदानमा भएको खेलमा नेपाल घरेलु टोलीसँग १-० गोलले पराजित भयो ।
फिलिपिन्सका लागि खेलको ४९ औँ मिनेटमा जाभिएर गायोसोले गोल गरे । खेलमा नेपालले केही राम्रा अवसरहरू सिर्जना गरे पनि गोल गर्न सकेन ।
भारतमा हुने १४ औँ संस्करणको साफ च्याम्पियनशिपको तयारीका लागि नेपालले फिलिपिन्ससँग खेलेको हो । फिफा वरीयतामा नेपाल फिलिपिन्सभन्दा निकै पछि छ । नेपाल १ सय ७४ औँ स्थानमा छ भने फिलिपिन्स १ सय ३६ औँ स्थानमा छ ।