Logo

नेपाल भारतसँग पराजित



भारत, १६ साउन । २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले आफ्नो तेस्रो खेलमा भारतसँग लज्जास्पद हार बेहोरेको छ ।

भुवनेश्वरमा भएको खेलमा नेपाल भारतसँग ८-० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफ निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप सात गोल खायो ।

भारतका लागि टाइसनले खेलको ३२ र ६६, पार्थिवले ५० र ५२, हिमांशुले ७१, तनकधारले ७८, गुरकिरतले ९० औँ मिनेट र सुभोले इन्ज्युरी समयमा गोल गरेका थिए ।

यो हारसँगै नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्