Logo

नेपाल-भारत संयुक्त आयोगको ७ औँ बैठक सम्पन्न



काठमाडौँ, १९ पुस । नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सम्पन्न भएको छ ।

काठमाडौँको एक पाँचतारे होटलमा बिहीवार भएको बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद र भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकरले गरेका थिए ।

बैठकमा दुई देशबीचको आर्थिक तथा सामाजिक सम्बन्ध, व्यापार कनेक्टिभिटी र राजनीतिक सम्बन्धलगायतका विषयमा छलफल भएको परराष्ट्रमन्त्री साउदले जानकारी दिए ।

बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री जयशंकर आज बिहान काठमाडौँ आएका हुन् । उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरिसकेका छन् ।

आजै नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपाल सिग्देल र भारतका ऊर्जा सचिव पङ्कज अग्रवालले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्