काठमाडौँ, २३ भदौ । भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिने भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् ।
प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा आएका पाण्डे नेपालको पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरेका छन् । भ्रमणका क्रममा नेपाल र भारतका सेनाध्यक्षहरूलाई एकअर्का देशको मानार्थ महारथीको दर्जाबाट सम्मानित गर्ने परम्परालाई निरन्तरता दिन सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई त्यो सम्मान प्रदान गरेकी थिइन् ।







