Logo

नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११०औँ स्थानमा



काठमाडौँ, १७ माघ । नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११०औँ स्थानमा परेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकाङ्क (सीपीआई)-२०२२ मा एक सयमा ३४ अङ्क पाएर नेपाल ११०औँ स्थानमा परेको हो । सन् २०२१ मा नेपाल ३३ अङ्कका साथ ११७औँ स्थानमा थियो ।

अङ्कमा केही सुधार भए पनि नेपाल भ्रष्टाचार व्याप्त हुने देशहरुको श्रेणीमै कायम छ । दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटान ६८ अङ्क पाएर २५औँ स्थानमा रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा अफगानिस्तान परेको छ ।

यस्तै, विश्वमै सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क परेको छ । ट्रान्सपरेन्सी नेपालले विश्वका १८० देशहरूलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार डेनमार्कले ९० अङ्क पाएको छ । यस्तै, १२ अङ्क पाएको सोमालिया सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्