Logo

नेपाल मलेसियासँग पराजित



मलेसिया, २० जेठ । महिला टि-२० क्रिकेट श्रृंखलाको चौथो खेलमा नेपाल घरेलु टोली मलेसियासँग चार विकेटले पराजित भएको छ ।

बांगीमा नेपालले दिएको ९७ रनको लक्ष्य पछ्याएको मलेसियाले अन्तिम बलमा ६ विकेट गुमाएर भेट्टायो । योसँगै पाँच खेलको श्रृंखलामा २-२ को बराबरी भएको छ ।

मलेसियाको जितमा ओपनर विनीफ्रेड आनी दुराईसिंघमले सर्वाधिक ३८ रन बनाइन् । महिराह इजाती इस्माली १६ रनमा तथा कप्तान मास एलिसा १३ रनमा आउट भइन् । नेपालका लागि कविता जोशी, रुविना क्षेत्री, सीता रानामगर र कविता कुँवरले समान एक-एक विकेट लिएका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । नेपालका लागि इन्दु वर्माले ३२ रन बनाइन् । बिन्दु रावलले २४ रन जोडिन् । घरेलु टोलीका लागि विनिफ्रेड दुराईसिंघमले ३ तथा एसा इलिसा र महिराह इज्जाती इस्माइलले समान १-१ विकेट लिएका थिए ।

पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो भने दोस्रो र तेस्रो खेल जितेको थियो । नेपाल दोस्रो खेलमा ७ विकेटले र तेस्रो खेलमा २७ रनले विजयी भएको थियो । श्रृंखलाको अन्तिम तथा निर्णायक खेल भोलि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्