Logo

नेपाल म्यानमारसँग पराजित



म्यानमार, २५ भदौ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोली म्यानमारसँग पराजित भएको छ ।

सोमवार म्यानमारको याङ्गोनमा रहेको थुवुना रङ्गशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोलीसँग १-० गोलले पराजित भएको हो ।

म्यानमारका लागि विन नाइन तुनले खेलको ८६ औँ मिनेटमा गोल गरे । यसअघि शुक्रवार भएको पहिलो खेलमा दुवै टोलीले गोलरहित बराबर खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्