Logo

नेपाल राष्ट्रिय मगर संघको १८ औं स्थापना दिवस मनाईयो



झापा २८ असार । नेपाल राष्ट्रिय मगर संघ झापाले सस्थाको १८ औं राष्ट्रिय स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।
कार्यक्रममा बन्दी सहायता नेपाल पुर्वान्चल शाखा झापाद्वारा संचालित मनमाया आमा, गङ्गा आमा र जगल गार्डेन ब्वाइज होममा आस्रित विभिन्न कारागारमा कैद भुक्तान गरिरहेका अभिभावकका २५ जना बालबालिकालाइ खाद्यान्न एवम् स्टेसनरी ब्यवस्थापनका लागी नेपाल राष्ट्रिय मगर संघ केन्द्रिय समितिका सभापति दिनेश थापा मगरबाट प्राप्त एघार हजार एक सय एघार रुपैयाँ सस्थाका सचीव रन्जित परियारलाई हस्तान्तरण गरिएको छ ।

त्यसै गरि सामाजिक ब्याक्तित्व अम्बिका समाल राइ र समृद्धी मगरले पनि उक्त कार्यक्रममा केहि नगद तथा फलफूल र खाद्यान्न, सस्थाका अध्यक्ष जगत बहादुर मगरलाई हस्तान्तरण गर्नुुभयो । नेपाल राष्ट्रिय मगर संघको केन्द्रिय सभापतिले पठाउनु भएको सन्देश बाचन गर्दै नेपाली काङ्ग्रेसको एउटा दर्बिलो खम्बाको रुपमा रहेको अत्यन्तै पुरानो सगठन राष्ट्रलाई आवश्यक पर्दा सहिद लखन थापा जस्तो बलिदान दिन सक्ने एउटा कर्मशिल बर्ग उत्पादन गर्ने मगर जातिहरुको नेपाली काङ्ग्रेस प्रति आवद्ध नेपाल राष्ट्रिय मगर संघको १८ औं स्थापना दिवस जिल्ला जिल्लामा विभिन्न कार्यक्रम गर्दै मनाइ रहेको प्रदेश सल्लाहकार सम्योजक जगत बहादुर मगरले बताउनु भयो ।

नेपाल मगर संघ झापाले अत्यन्तै सराहनीय कार्य गर्दै बालगृहमा रहेका असहाय बालबालिकाहरुको मुहारमा हासो ल्याउदै भबिस्यका कर्णधार उनिहरुलाइ शिक्षामा सहयोगार्थ नगदसहित खाजा खाद्यान्नको ब्यवस्थापन गर्दै कार्यक्रम सम्पन्न गरेकोमा प्रमुख अतिथि नेपाल मगर संघ कोशी प्रदेशकी उपसभापति सुष्मा राना मगरले प्रशंसा एवम् धन्यवाद व्यक्त गर्नु भएको थियो ।

सस्थागत रूपमा नगद सहयोग गर्नु भएकोमा बन्दी सहायता नेपाल पुर्वान्चल शाखा सचीव रन्जित परियार, अतिथि नेपाली काङ्ग्रेस वडा ११ का उपसभापति नरेन्द्र खड्का, अन्जन तामाङ, गोबिन्द तामाङ्ग, बबिता लिङेली मगर र सुन्दर क्याप्छापी मगर लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

नेपाल मगर संघ झापाका सचीव मदन मगरको सभापतित्वमा संचालित कार्यक्रम स्वागत जिल्ला कोषाध्यक्ष प्रेमिका मगरले गर्नु भएको थियो भने सहजीकरण हरि भन्डारीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्