Logo

नेपाल र केन्याबीचको टी-२० क्रिकेट शृङ्खला आजदेखि



केन्या, ९ भदौ । नेपाल र केन्याबीचको पाँच खेलको टी-२० क्रिकेट शृङ्खला आजदेखि सुरु हुँदैछ ।

पहिलो खेल आज दिउँसो पौने ४ बजे नैरोबीमा सुरु हुनेछ । भिसाको समस्याका कारण नेपालका तीन जना खेलाडीले पहिलो खेल गुमाउने भएका छन् ।

अलराउन्डर आदिल अन्सारी, स्पिनर बसिर अहमद र साहब आलमले आजको खेल गुमाउने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्