Logo

नेपाल र यूएईबीचको फाइनल खेल रोकियो



काठमाडौँ, १८ वैशाख । एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल अहिले पानी परेर रोकिएको छ ।

उपाधिका लागि नेपाल र यूएईबीचको खेल वर्षाले प्रभावित भएको छ । त्यसअघि पनि केहीबेर पानी परेर रोकिएको खेल पुन: सुरु भएको थियो ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन बनाएको छ । अहिले मैदानमा कभरले छोपिएको छ । त्यसअघि १६ ओभरमा ५ विकेट गुमाउँदै ६० रन बनाएको अवस्थामा पनि पानी परेको थियो ।

नेपालले लगातार विकेट लिएपछि यूएई दबाबमा छ । नेपालका ललित राजवंशीले ३, करन केसी र सन्दीप लामिछानेले समान दुई तथा सोमपाल कामी र गुलशन झाले एक-एक विकेट लिएका छन् ।

आजको खेल जित्ने टोलीले एसीसी प्रिमियर कपको उपाधिसहित एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

आजको खेलमा पानी परेमा भोलि हुनेछ । तर निरन्तर पानीले खेल हुन नसके सुपर ओभर हुनेछ । सुपर ओभर पनि बराबर भएमा अर्को सुपर ओभर हुनेछ । तर वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आईसीसीको एकदिवसीय वरीयता अनुसार माथि रहेको टोली एसिया कपमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्