काठमाडौं, १४ असोज । नेपालले आज वेस्ट इन्डिजसँगको टी-२० शृङ्खलाको फाइनल खेल्दैछ। सयुक्त अरब इमिरेट्स (यूएई) मा जार युनिटी कप टी-२० शृङ्खलामा एक खेल अगावै नेपाल २-० ले विजयी भएको छ।
यूएईको शारजाह क्रिकेट मैदानमा सोमबार राति भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै उक्त शृङ्खलाको उपाधि जितेको हो। पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजविरुद्ध १९ रनको ऐतिहासिक जित हासिल गरेको थियो।
एक खेल अगाडि सिरिज जितेको नेपालको लक्ष्य ‘क्लिन स्वीप’ रहेको छ। वेस्ट इन्डिजका कप्तान अकिलले नेपाललाई धेरैले कमजोर ठाने पनि खेल्न कठिन भएको बताएका छन्।
लगातार दुई खेलमा ऐतिहासिक जित निकालेको नेपाल भने मंगलबार फाइनल भिडन्तमा उत्साहका साथ मैदानमा हुनेछ।