काठमाडौँ, १६ फागुन । नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
मंगलबार राति सम्पन्न सेमिफाइनलमा लेबनानलाई २-१ गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो ।
साउदी अरेबियामा जारी प्रतियोगितामा पहिलो हाफमा १-० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले इन्ज्युरी समयमा प्रिती राईको गोलमा २-१ को पुनरागमन जित दर्ता गरेको हो ।
खेल १-१ को बराबरीमा रहेको अवस्थामा नेपालले इन्ज्युरी समयमा कर्नर किक पाएको थियो । त्यसअघि खेलको ७६ औँ मिनेटमा सावित्रा भण्डारीले साम्बाले गोल गरेकी हुन् । पहिलो हाफको ३८औँ मिनेटमै लेबनानको गोल भएको थियो । नेपालले अब भोलि उपाधिका लागि जोर्डनसँग खेल्नेछ ।
जोर्डनले पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० को जित निकाल्दै फाइनल प्रवेश गरेको हो । जोर्डन साविक विजेतासँगै प्रतियोगिताको पाँच पटकको विजेता हो ।