काठमाडौँ, ७ असार । सरकारले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई किन बर्खास्त नगर्ने भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
अधिकारीमाथि निगमको जहाज साउदी अरब सञ्चालन गर्न जम्बो टोलीलाई भ्रमणमा लगेको, सार्वजनिक प्रतिस्पर्धा नगराइ एउटा संस्थालाई मात्र सहभागी गराइ सोझै टिकट बिक्री गर्ने गरेकोलगायतका आरोप लागेको छ ।







