Logo

नेपाल विकास प्रक्रियामा मित्रराष्ट्रहरूको साथ लिएर अघि बढ्छ: राष्ट्रपति



काठमाडौँ, २९ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आफ्नो विकास प्रक्रियामा छिमेकीसहित मित्रराष्ट्रहरूको साथ लिएर बढ्ने बताएकी छिन् । नेपालको चार दिने भ्रमणको क्रममा बुधवार शिष्टाचार भेटवार्ता गर्न शीतल निवास पुग्नुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) विदेश विभाग प्रमुख लिउ चियानछाओसँग राष्ट्रपति भण्डारीले उक्त कुरा बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपाल–चीन बिचको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले थप उचाइमा पुर्‍याएको बताएका थिए ।

राष्ट्रपतिका कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले सीसीपीका नेता लिउलाई सीको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप मजबुत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्